उदयपुर । उदयपुरको चौदण्डीगढीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । वडा नम्वर ५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।
खेतबारीमा काम गरिरहेका चौधरीलाई मंगलबार चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।