‘अप्रेशन पछि पनि दुखाइ निको भएन, फिजियोथेरापीले राहत भयो’ (भिडिओ)

राजविराज । केही समयअघि ढाड र खुट्टा दुख्ने तथा खुट्टाका औंलाहरु नचल्ने समस्याले अप्ठ्यारो हुन थालेपछि राजविराज–३ निवासी ६५ वर्षीय मो.सखावत हुसेनले फिजियोथेरापी अर्थात भौतिक चिकित्सा उपचार गराउन थाले ।

केही दिनको उपचार पछि उनमा अहिले दुखाइ कम हुँदै गइरहेको छ भने खुट्टाका औंलाहरु चल्न थालेका छन् । उनी राजविराजस्थित धनराजकला अर्थो न्यूरो हेल्थ होम प्रा.लि.मा फिजियोथेरापी उपचार गराइरहेका छन् ।

आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम आदिको प्रयोग गरी उनको उपचार भइरहेको प्रा.लिका सञ्चालक समेत रहेका डा.गणेशकुमार शर्माले जानकारी दिए ।

हेर्नुहोस् भिडिओ रिपोर्टः

Author:



क्याटोगरी छान्‍नुहोस