जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा अशोक राई चयन भएका छन् । वीरगन्जमा जारी जसपा केन्द्रीय कमिटी बैठकले राईलाई संघीय परिषद् अध्यक्षमा चयन गरिएको हो ।

यसअघि संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा रहेका बाबुराम भट्टराईलाई पार्टीले बिहीबार पदमुक्त गरेको थियो । बैठकबाटै भट्टराई लगायत ९ जनालाई कारबाही समेत गरिएको छ ।

पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन् ।

त्यस्तै बैठकले रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो । कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन् । उनीहरूमाथि पार्टी विधानविपरीत काम गरेको आरोप छ ।
त्य

Author:



क्याटोगरी छान्‍नुहोस