चन्द्रनहरमा डुबेर एक वृद्धको ज्यान गयो

राजविराज, ३२ असार । सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीस्थित चन्द्रनहरमा डुबेर एक वृद्धको ज्यान गएको छ ।

शुक्रवार गाइ चराउन निस्केका वडा नम्वर ४ तुलसीका ७० वर्षीय लक्ष्मी सदा अबेर रातिसम्म घर नफर्किपछि खोजतलास थालिएको थियो ।

सोही क्रममा आज विहान नहरको पानीको डुबेको अवस्थामा उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफेलेले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस