बाबुरामले नेपाल समाजवादी पार्टी गठन गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन् । उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन् ।

भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष थिए । उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए ।

यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए । जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका हुन् । उनी निकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।

भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस