जनप्रतिनिधिले सरकारी जग्गामा घर निर्माण गर्न लागेको भन्दै स्थानियद्वारा विरोध

राजविराज । जनप्रतिनिधिले सरकारी जग्गामा पक्की घर निर्माण गर्न लागेको भन्दै स्थानियहरुले विरोध जनाएका छन् । स्थानियहरुको विरोधका कारण सप्तरीको रुपनी गाउँपालिका–६ का अध्यक्ष गोबिन्द सिंह थापा मगरको घर निर्माण कार्य पुनः रोकिएको छ ।

दुई महिनाअघि घर निर्माण सुरु गरिएसँगै स्थानियहरुले विरोध गर्दै आएकाले निर्माण कार्य रोकिएको थियो । विहिवार पुनः निर्माण कार्य सुरु गरिएसँगै स्थानियहरुले विरोध जनाएको हो । सोही क्रममा वडा अध्यक्षका आफ्न्तहरुले प्रतिकार गरेपछि विरेन्द्र बजार केहीबेर तनावग्रस्त पनि रह्यो ।

अवस्था समान्य पार्न व्यापक प्रहरी परिचालन पनि गरिएको थियो । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले दुवै पक्षलाई बसाएर सहमति नभएसम्मकालागि निर्माण कार्य रोक्न भनिएपछि विवाद साम्य भएको भएको छ ।

उता, वडा अध्यक्ष मगरले गाउँपालिकाको निर्णय बमोजिम घर निर्माण शुरु गरेको बताए । उनले आफुलाई वदनाम गर्ने नियतले केही व्यक्तिहरु लागेको र पुरानै घरको तल्ला थप्ने क्रममा अनावश्यक रुपमा विरोध गरिरहेको बताए । उनका अनुसार गाउँपालिका कार्यालयमा दुई महिनाअघि स्थानीयहरुले दिएको निवेदनको आधारमा गाउँपालिकाले विवाद नमिलेसम्म घर निर्माण नगर्न आदेश गरेको थियो ।

गत शुक्रवार मात्रै गाउँपालिकाबाट फुकुवा भएपछि निर्माण कार्य सुरु गरेको वडा अध्यक्ष मगरले जानकारी दिए । वडा अध्यक्षले आफुसँग घर धनिपुर्जा रहेको बताइरहेका छन् भने निर्माणधिन घरमा केही अंश सरकारी जग्गा पनि रहेको स्थानियहरुको दावी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस