एकैदिन १७३ कोरोना संक्रमित थपिँदा ३९६ जना निको भए

जनकपुरधाम । देशभर एकै दिन थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३९ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार २ पुगेको छ भने हालसम्म देशभरमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ हजार नाघेको छ । हाल नेपालमा ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३९६ जना संक्रमितहरु निको भएका छन् । योसँगै देशभरमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८१ हजार ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस