सप्तरी–२ बाट लोसपा अध्यक्ष महन्थ र केन्द्रीय सदस्य जयप्रकाश सिफारिस

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सप्तरीले राष्ट्रिय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिरफारिस गरेको छ ।

लोसपा सप्तरीको सम्पन्न क्षेत्रीय भेलाले आसन्न प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फबाट उनको नाम सिफारिस गरेको हो ।

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुरको नाम पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभाका सदस्यका लागि निर्वाचन क्षेत्र नम्वर २(क) बाट सरोज मण्डल र विनोदकुमार सिंह तथा नम्बर २(ख) बाट शम्भुप्रसाद यादव, शैलेश चौधरी र शरदसिंह यादवको नाम सिफारिस गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस