सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतिको मृत्यु, श्रीमान् घाइते

राजविराज, २७ भदौ । सप्तरीमा सोमवार मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका पति घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित दुर्घटना भएको हो । पुर्वतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकले कुकुरलाई बच्चाउने क्रममा अनियन्त्रित भइ दुर्घटना हुँदा जिल्लाको बोदे बरसाईन नगरपालिका–२ की ४५ वर्षीय अंजनादेवी यादवको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी यादवको उपचारको लागि युनिक अस्पताल रुपनी लगिएको थियो । चेकजाँच पछि उनलाई मृत घोषणा गरिएको डिएसपी काफ्लेले बताए ।

दुर्घटनामा अंजनाका पति ४८ को मोहन कुमार यादव घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस