विराटनगरमा थप एक वृद्धको कोरोनाबाट मृत्यु

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमवार विहान एक कोरोना संक्रमितको मृत्युु भएको छ ।

शनिवार अस्पतालमा भर्ना भएका विराटनगर महानगरपालिका वडा नम्बर १० का ७६ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । विहान ३ बजे उनको मृत्यु भएका उनमा उच्च रक्तचापको समस्या पनि रहेको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

भदौ ११ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसन बस्दै आएका उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस