झण्डै ११ अर्ब पुग्यो जसपा नेता राउतको फेसबुक फलोअर्स !

जनकपुरधाम – फेसबुकका संस्थापक र हाल फेसबुक चलाइरहेको माउ कम्पनी मेटाका मालिक मार्क जुकरबर्गका फेसबुक फलोअर्स एक्कासी हराएका छन् । केही दिन अघिसम्म कैयौं मिलियन फलोअर भएका जुकरबर्गका फलोअर्स रातारात गायब भएका हुन् भने अहिले करिब १० हजार मात्र छन् ।

जुकरबर्ग बाहेक पनि विश्वभरका लाखौं सेलिब्रेटीको फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् । तर, नेपालमा जनता समाजवादी पार्टी (जसपा)का एक नेताको फेसबुक फलोअर्स भने १० अर्बभन्दा धेरै देखिएका छन् ।

जनकपुरधाम निवासी मुन्जय राउतको फेसबुकमा अहिले १० अर्ब ९८ करोड ७६ लाख ५४ हजार ४३२ पुगेको छ । जब कि यो संख्या विश्वभरकै जनसंख्याभन्दा धेरै हो ।

यसरी हेर्दा नेता राउतलाई विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले धेरैले फलो गरेको देखिएको छ । बुधवार बिहानदेखि फेसबुकमा देखिएको सुरक्षा कमजोरीका कारण फलोअर्स थपघट भइरहेको छ ।

सोबारे धेरै सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना फलोअर्स घटेको गुनासो गरेका छन् । न्युजविक डटकमले अमेरिकाका ठूला सञ्चार माध्यमको फलोअर्स ह्वात्तै घटेको उल्लेख गरे पनि सो बारे फेसबुकको अभिभावक कम्पनी मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस