दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

जनकपुरधाम – निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका उमेदवारका लागि उम्मेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तालिकाअनुसार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ ।

अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

Author:



क्याटोगरी छान्‍नुहोस