छिन्नमस्ता मन्दिरमा माताको मुकुट फेरियो

राजविराज – बडादशैंको अवधिमा सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा १५ लाखभन्दा बढी रुपैयाँ आम्दानी भएको छ । मन्दिर विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरेर सो अवधिको आयव्यय सार्वजनिक गरेको हो ।

बडादशैंको अवधिमा मन्दिर १५ लाख २५ हजार ७८५ रुँपैया आम्दानीमध्ये ११ लाख ८८ हजार रुँपैया खर्च भएको मन्दिर विकास समितिका कार्यवाहक अध्यक्ष एवम् पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।

आम्दानीमध्ये सबैभन्दा बढी शिघ्र दर्शन शुल्कबाट ७ लाख ५९ हजार ६८० रुँपैया आएको छ । त्यस्तै श्रद्धालुले १ तोला १ आना सुन र ४३ तोला चाँदीका गरगहना समेत चढाएको पीठाधिश ठाकुरले बताए ।

उनकाअनुसार काठमाडौं निवासी सुशिल दाहालले सवाँ २ किलो चाँदीको नयाँ मुकुट उपलब्ध गराएपछि दशैंमा पुरानो मुकुट परिवर्तन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस