सिके राउतद्वारा आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण

राजविराज – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने उनीसहितकालाई आयोगले स्पष्टीकरण सोधेको हो ।

राउतले उम्मेदवारी दर्ता गर्ने क्रममा नाराजुलुससहित सयौं मान्छेहरू जम्मा गरी निर्वाचन चिह्न अंकित टिशर्ट लगाई प्रदर्शन गरेको भन्दै आयोगले प्रष्टीकरण सोधेको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएका राउतलाई तीन दिनभित्र प्रष्टीकरण दिन भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस