काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ५४ वटै प्याकेजको ठेक्का रद्द

जनकपुरधाम । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डमा रेलवे ट्राकबेड निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको छ । रेल विभागले मंगलवार सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब रद्द भएका छन् ।

विभागले प्रक्रिया नै पूरा नगरी रेलमार्गको ठेक्का आह्वान गरेको थियो ।सार्वजनिक खरिद नियमावलीको छैटौं संशाधनले वातावरणीय प्रभाव मूल्यांकन र मुआब्जा विवाद समाधान भएर साइट क्लियर नगरी कुनै पनि आयोजनाको ठेक्का लगाउन नपाइने व्यवस्था गरेको छ । तर, आयोजनाको १०६ किलोमिटर खण्डमा अझै पनि मुआब्जा विवाद टुंगिएको छैन ।

यो ठेक्का सीमित निर्माण व्यवसायीको दवावमा हतारमा खोलिएको भन्दै निर्माण व्यवसायीहरुले समेत यसको विरोध गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस