देशभर ९०२ कोरोना संक्रमित थपिदा २ हजार २८७ जना निको भए

जनकपुरधाम, २३ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशलामा १० हजार ६ सय ११ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

योसहित नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्याा ३२ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित नेपालामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस