स्वास्थ्य शाखा प्रमुखसहित सप्तरीमा ३४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९७५ पुग्यो

२०७७ भदौ २४
राजविराज । सप्तरीमा बुधवार मात्रै ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार थपिएका संक्रमितमध्ये एक जना स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख र दुई जना प्रहरी छन् ।

विष्णुपुर गाउँपालिकाका ६० वर्षीय स्वास्थ्य शाखा प्रमुख तथा ईलाका प्रहरी कार्यालय सखडामा कार्यरत २० र २३ वर्षीय पुरुषमा संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । यसैगरी, राजविराज नगरपालिकामा २९ जना, छिन्नमस्तामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

राजविराज नगरपालिका वडा नम्वर १ का ४५ वर्षीया महिला र ३८ र ४२ वर्षीय पुरुष, वडा नम्वर २ का ३८, ५० र ७२ वर्षीय पुरुष, वडा नम्वर ४ का उमेर नखुलेका एक पुरुष, वडा नम्वर ६ का ११ र ५५ वर्षिया महिला तथा १९ र ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी, वडा नम्वर ७ का ६, २१, २५, २५, ३० र ५० वर्षिया महिला तथा १४, १५, १६, २६, २७ र ५५ वर्षीय पुरुष, वडा नम्वर ८ का ६० वर्षीय पुरुष, वडा नम्वर ९ का १७ र ३१ वर्षीय पुरुष, वडा नम्वर १० का २२ वर्षीय पुरुष, राजविराजस्थित अनार भुवनेश्वर अस्पतालका ४८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, छिन्नमस्ता गाउँपालिका ३ का ३२ पुरुष र २७ वर्षीय महिला तथा र विष्णुपुर गाउँपालिकाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख यादवले बताए ।

योसहित सप्तरीमा संक्रमितको संख्या ९७५ जना पुगेको छ । हालसम्म ६७९ जना डिस्चार्ज भएका छन् । संक्रमणबाट हालसम्म ८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस