सप्तरीमा चिसोले कठ्यांग्रिएर सदाको मृत्यु

राजविराज, २२ पौष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलमा एक जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । बिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदा (मुसहर) को चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी विहान मृत भेटिएको मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए । उनका अनुसार देवु ४ दिनअघि भारतको पन्जाबबाट घर फर्किएका थिए ।

आर्थिक रुपमा निकै कमजोर रहेका मृतक सदाका ३ छोरा र ३ छोरी छन् । उनकी श्रीमतीको भने २ वर्षअघि नै मृत्यु भइसकेको वडाध्यक्ष मुखियाले बताए । यसअघि गत पुस ८ गते पनि जाडोले कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस