२४ घण्टामा १ हजार ३९ कोरोना संक्रमित थपिदा १ हजार १७३ डिस्चार्ज

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतवार नियमित मिडिया प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिए ।

योसहित कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

निको हुनको संख्या ३८ हजार ६९७ पुगेको उनले बताए । यो संख्या कुल संक्रमितको ७१ दशमलव ५ प्रतिशत हो । आइतवारसम्मको तथ्यांकअनुसार देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस