स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने निर्णय प्रति महासंघको आपत्ति

राजविराज – राजविराज नगरपालिकाले स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने मनसायले गरेको निर्णय प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ ।

महासंघका सचिव रामनारायण विश्वासले आज विज्ञप्ति जारी गर्दै सो निर्णय सच्याउँदै पत्रकारलाई स्वतन्त्र तथा सहज रुपमा समाचार संकलनको वातावरण बनाउन माग गरेका हुन् ।

‘नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको सुरक्षा गरेको सर्वविदितै छ । संवैधानिक निकाय प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिताले पनि सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न भनेको छ । उक्त बुँदामा समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुती तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ । सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम सञ्चार माध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन प्रसारण गर्नुपर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यतिका कानूनी ब्यवस्था हुँदा हुँदै राजविराज नगरपालिकाको कार्यालयले त्यसलाई मिच्दै पत्रकार रामनाथ यादवको नाममा माघ २४ गते उपलब्ध गराएको पत्रमा विद्यालयको समाचार संकलन गर्ने क्रममा भिडियो नतान्ने, समाचार सम्प्रेषण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र सम्प्रेषण गर्न भनिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

समाचार संकलन तथा प्रकाशन र प्रशारण गर्न पत्रकार स्वतन्त्र भएको विश्वब्यापी सिद्धान्त र नेपाली कानूनलाई लत्याउँदै नगरपालिकाका शाखा अधिकृत भोगेन्द्र यादवबाट पत्रकारको नाममा जारी भएको पत्र अशोभनीय रहेको भन्दै विज्ञप्तिमा भत्सर्ना गरिएको छ । ‘पत्रकार रामनाथ यादवले माघ २३ गते राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन गर्न पुगेको बखत विद्यालय प्रशासनले नगरपालिकाबाट अनुमति लिएर मात्र आउन भनेपछि उनले नगरपालिका कार्यालयमा बुझ्न खोज्दा त्यहाँ पनि अनुमति लिनुपर्ने भनेको जिकिरले झन स्थानीय सरकारको कर्मचारी र जनप्रतिनिधिको रवैया छर्लंग भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780