पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता

पाँचथर – पाँचथरमा अविरल वर्षासँगै आएको बाढीमा परेर शनिबार राति पाँच जना बेपत्ता भएका छन् ।हेवा जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना बेपत्ता भएका हुन् ।

वर्षाले मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाँउपालिका–७ जोड्ने हेवा खोला पुल बगाएको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।

तमोर कोरिडोरको बेलीब्रिज बगाएको छ भने याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको स्थानीयले बताएका छन् । यस्तै,फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेवल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780