प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा क्रिस्टिल प्यालेससँग ३–१ गोलले पराजित भएको हो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको सातौं मिनेटमा पाहुना टोली क्रिस्टल प्यालेसले अग्रता लिएको थियो ।

प्यालेसका लागि पहिलो गोल एन्द्रोस टाउनसेन्डले गरेका थिए । जेफ्रे स्लुपको पासमा गोल गर्दै प्यालेसलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा विलफ्रिड जाहाले दुई गोल गर्दा युनाइटेडका डोनी भान डि बीकले एक गोल फर्काए ।

७४ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै प्यालेसको अग्रता दोब्बर पारे । भिक्टर लेन्डोलिफले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि प्यालेसले पेनाल्टी पाएको थियो । प्यालेसका जोर्डन एयुले गरेको पेनाल्टी प्रहार युनाइटेडका गोलरक्षक डेभिड डि गियाले बचाएका थिए । तर, उनले गोललाइन भन्दा अगाडि बढेको भन्दै भीआरको सहायताबाट रेफ्रीले मान्यता नदिएपछि पुनः पाएको पेनाल्टीमा जाहाले गोल गरेका थिए ।

८० औं मिनेटमा जोर्डन एयुले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गर्दै प्यालेसलाई ३–१ को जित दिलाए ।

जितसँगै क्रिस्टल प्यालेसले दुई खेलबाट छ अंक जोडेको छ । प्यालेसले पहिलो खेलमा टोटनहमलाई १–० गोलले पराजित गरेको थियो । यता युनाइटेड भने आफ्नो सिजनको पहिलो खेलमा लज्जास्पद हार व्यहोर्दै दुुखद सुरुवात गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस