२४ घण्टामा देशभर थप १ हजार १५४ जनामा कोरोना संक्रमण, १ हजार ५ डिस्चार्ज

२०७७ असोज ०५ गते
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप १ हजार १५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४७ हजार २३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ९२१ जना र होम आइसोलेसनमा ८ हजार ६९० जना रहेका छन् ।

आजसम्म देशभर ७ हजार ४०३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस