बाढी पूर्वानुमानः अति उच्च सतर्कता अपनाउनुहोस्!

२०७७ असोज ६
जनकपुरधाम । बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) राति बाट अगामी ११ गतेसम्म देशका सबै नदीहरुमा बहाव बढ्ने भएकाले सो अवधिसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

बुलेटिनमा महाशाखाले जनाएअनुसार असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने भएकाले नदी आसपास क्षेत्रमा कुनै क्रियाकलाप गर्नु परेमा अति उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस