जनकपुरधाम– प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्रसापकोटालाई पक्राउ गरेको छ ।
आज बिहान नेपालगञ्ज विमानस्थलबाट श्री एयरलाइन्समार्फत काठमाडौँ आउन लागेका सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपीसन्तोषसिंह राठौरले जानकारी दिए।
विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको थियो । थप अनुसन्धानका लागिउनलाई अख्तियारको कार्यालय नेपालगञ्जमा बुझाइएको एसपी राठौरले जानकारी दिए ।