पछिल्लो २४ घण्टामा देशभर १ हजार ३४६ कोरोना संक्रमित थपिए, ८२३ जना डिस्चार्ज

२०७७ असोज ६
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँँगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । पछिल्लो २४ घण्टामा ८२३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १९३ जना र होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १७१ जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस