हंसपुरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीसहितका चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्वर १ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडाध्यक्ष कामेश्वर कापर, ठेकेदारहरू मदनकुमार झा र नवीनकुमार चौधरीले भ्रष्टाचार गरेको दावी गर्दै आयोगले मुद्दा दायर गरिएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले बताएका छन् ।

त्यस्तै सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैँसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

ठेकेदारहरूले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी वडाध्यक्ष कापरले हंसपुर गाउँपालिका-१ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने गलत ब्यहोरा बनाएको अख्तियारको भनाइ छ ।

ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्याएको प्रवक्ता आचार्यले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780