लागुऔषध मुद्दामा फरार मेहता पक्राउ

२०७७ असोज ८ गते
राजविराज । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय ग्वाला मेहता भनिने महेन्द्र मेहतालाई मंगलवार घरबाटै पक्राउ गरिएको हो ।

गत असार २३ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए । उनका अनुसार मेहताको साथबाट डाइलेक्स डिसी नामक १० बोतल लागुऔषध बरामद भएसँगै उनी फरार थिए ।

लुकीछीपी बसिरहेको अवस्थामा पक्राउ परेका मेहतामाथि लागुऔषध मुद्दा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस