ज्यान मार्ने उद्योगसहितका मुद्दामा २७ वर्षयता फरार १४ प्रतिवादी पक्राउ

२०७७ असोज ८ गते
राजविराज । सप्तरीमा ज्यान मार्ने उद्योग, कुटपिट अंगभंग, जालसाजी र सार्वजनिक अपराध मुद्दामा २०५१ सालयता फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका १४ जनालाई नै सप्तरी जिल्ला अदालतमा वुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योग र कुटपिट मुद्दाका राजविराज नगरपालिका वडा नम्वर ९ का ७६ वर्षीय झौली नुनियालाई पक्राउ गरेको छ ।

उनी २०५१ माघ २९ देखि फरार थिए । यसैगरी, कुटपिट मुद्दामा वडा नम्वर ९ कै ४५ वर्षीय जुक्ति यादन, ६६ वर्षीय सुब्बी यादव, ४४ वर्षीय गुलावलाल दास, वडा नम्वर १ का शत्रुधन यादव, ९८ वर्षीय उतिमलाल यादव, ४५ वर्षीय शंकर यादव, ३५ वर्षीय लक्ष्मण यादव र सोही वडाका ३० वर्षीय लक्ष्मण यादवलाई पक्राउ गरिएको छ ।

जुक्ति २०६६ माघ १९, सुब्बी २०६६ वैशाख ९, गुलावलाल २०७१ असार १३, शत्रुधन २०६९ वैशाख १८, उतिमलाल २०६९ वैशाख १८, शंकर २०६९ वैशाख १८, लक्ष्मण २०६९ वैशाख १८ र लक्ष्मण २०६९ वैशाख १८ गतदेखि फरार थिए ।

लुटपिट मुद्दाका राजविराज नगरपालिका वडा नम्वर १ का ७५ वर्षीय गोसाई यादव, जालसाजीका मुद्दाका वडा नम्वर ६ का ५६ वर्षीय झवर यादव, केही सार्वजनिक अपराध मुद्दाका वडा नम्वर १ का ४८ वर्षीय बडेलाल यादव तथा कुटपिट अंगभंग मुद्दा राजविराज वडा नम्वर ९ का सुबसु साह र लिलावती साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोसाई २०६९ वैशाख १८, झवर २०६७ चैत्र १६, बडेलाल २०७३ साउन १३, सुबसु साह २०७० मंसिर १७ र लिलावती २०७० मंसिर १७ गतेबाट रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस