मधेश प्रदेशको मुख्यमन्त्रीमा सिंहलाई पठाउने जनमत पार्टीको निर्णय

जनकपुरधाम–जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई पठाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीमा पठाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिए ।

उनका अनुसार जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादीको सहमति रहेको छ ।

कुल १०७ जना सदस्य रहेका प्रदेश सभामा बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ । यस गठबन्धनलाई ५५ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको सचिव साहले बताए ।

सप्तरी– २ (क) बाट निर्वाचित सिंहलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलहरूले बहुमतसहित बिहीबार नै प्रदेश प्रमुखलाई दाबी पेस गर्ने तयारी भइरहेको जनाएको छ ।

मुख्यमन्त्रीमा पठाउन लागिएका प्रदेश सांसद सिंह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष समेत रहिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार