पछिल्लो २४ घण्टामा १५ सय १३ कोरोना संक्रमित, थप १० जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप १५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका संक्रमितसँगै देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस