सप्तरीमा घट्यो सडक दुर्घटना र मृत्युदर

राजविराज, १५ साउन–सप्तरीमा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म जिल्लामा ६ सय ३८ दुर्घटना हुँदा ५६ जनाको मृत्यु भएको जिल्ला कार्यालयका प्रमुख प्रहरी निरीक्षक मेदनी साहले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा दुर्घटनाबाट १ सय १४ गम्भीर र ९ सय ३७ जना सामान्य घाइते भएका छन् ।

‘गत वर्ष सबैभन्दा बढी चैत्रमा ९ तथा असोज र पुस १–१ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ’ उनले भने, ‘हामीले सडक दुर्घटना न्यूनिकरण गर्नका लागि प्रत्येक महिना डेढ सय जनचेतनामुलक कार्यक्रमहरु गरेका थियौं र कुल १ हजार ८ सय ३७ वटा कार्यक्रम गर्दा १ लाख ७९ हजार ३ सय ३९ जनालाई सहभागी गराएका थियौं ।’

मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्र गतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो सवारी चापका कारण दुर्घटना भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक साहको भनाई छ ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६ सय ६८ दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको थियो । उक्त अवधिमा दुर्घटनाबाट २ सय १ गम्भीर र ९ सय ९६ जना सामान्य घाइते भएका थिए ।

२३ हजारभन्दा बढी चालकलाई कारबाही

गत वर्ष ट्राफिक नियम उल्लंघटन गर्ने २३ हजार ३ सय ४६ जना सवारी चालकलाई कारबाही गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक साहका अनुसार सबैभन्दा बढी साउनमा ३ हजार ४ सय ६८ र सबैभन्दा कम मंसिर ९ सय १४ जना चालक कारबाहीमा परेका छन् ।

कारबाहीमा परेकाहरुसँग १ करोड ७७ लाख ९२ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार