कामभन्दा बढी निकासा, सूचना दिन अनाकानी

राजविराज–सरकारी योजनाको पत्र विचौलियामार्फत विक्री गरेर कामकाम गर्ने गरेको आरोप खेपिरहेका पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविणप्रताप अधिकारीले सूचना दिन पनि अनाकानी गर्दै आएका छन् ।

‘मधेशलाइभ’ले गत असार १७ गते सूचना माग गर्दै निवेदन दिएको थियो । तर, कार्यालयका सूचना अधिकारी तपेश्वरकुमार साहले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐनमा तोकिएको समयभित्र सूचना उपलब्ध गराएन ।

‘आफुसँग उपलब्ध नरहेका सूचनाहरुबारे हाकिम सा’बसँग मागेको तर उहाँबाट सूचना नआएका कारणले समयमै सूचना उपलब्ध गराउन सकिन’ उनले भने, ‘एक पटक हाकिम सा’बलाई पनि भन्नु न ।’ यद्यपी, सूचना अधिकारी साहले आफ्नो काम, कर्तव्य र दायित्व बुझ्न सकेन ।

पुनः साउन ८ गते मंगलबार सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारबाही गरी माग गरिएको सूचनाका लागि कार्यालय प्रमुख अधिकारीलाई पुनरावेदन गर्दा पनि सूचना दिन अनाकानी गर्दै आएका छन् ।

समाचार संकलनको क्रममा पूर्वाधार कार्यालयमै भेटिएका कान्तिपुर टेलिभिजनमा कार्यरत नेपाल पत्रकार महासंघ सप्तरीका सचिव आरएन विश्वासले कार्यालयले पत्रकारलाई सूचना उपलब्ध नगराउनु भनेको जनतालाई सूचित हुने संवैधानिक अधिकारबाट बञ्चित गराउने काम भएको बताए ।

उनले भने, ‘म आफैं टेलिभिजन रिपोर्टिंगकालागि उक्त कार्यालयमा तीन दिन धाउँदा पनि कार्यालय प्रमुख अधिकारी भेटिएन, आज भोली गर्दै उनी पन्छिन खोज्नुभएको छ ।’

पत्रकारलाई सूचनाबाट बञ्चित गराउनु र अन्तर्वाता नदिनु भनेको भ्रष्टाचार लुकाउने प्रयासमा लागेको सचिव विश्वासको बुझाई छ ।

श्रोतका अनुसार कार्यालयले आर्थिक वर्ष ०८०/०८१ मा सञ्चालन गरेको अधिकाश योजनाहरुमा कामभन्दा बढी निकासा दिइएको छ ।

‘कार्यालयका प्रमुख र ईन्जिनियर तथा उपभोक्ता समितिबीच भएको पिसीको सहमतिले प्राय सबै योजनाहरुमा खुद कामभन्दा बढी निकासा दिइएको छ’ उनले भने, ‘कतिपय योजनाको त स्थलगत हेरेरै थाहा पाउने सकिने अवस्था पनि छ र पिसी विना एउटै योजनाको निकासा दिएको छैन् पनि ।’

कार्यालयले गत वर्ष सञ्चालन गरेको सबै योजनाको छानबिन हुनुपर्ने श्रोतको माग छ । ‘मैले गर्न सक्ने गरिरहेकै छु, मिडियाबाट पनि सहयोग पाउने विश्वास छ’, उनले भने ।

गत चैत्र १८ गते आइतबार दिउँसो सरकारी योजनाको पत्र विचौलियामार्फत विक्री गरेर कामकाम गर्ने गरेको दावी गर्दै मधेश प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता एवं निवर्तमान शिक्षा मन्त्री महेशप्रसाद यादवले कार्यालय प्रमुख अधिकारीलाई कार्यालयमै दुर्व्यवहार समेत गरेका दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार