कोशी पलारबाट पूर्व डिआईजीसहित १० जना शिकारी पक्राउ 

राजविराज, १३ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित योगिनियाँ कोशी पलारबाट बुधवार राति शिकार गरिएको बँदेल र अवैध हतियारसहित १० जना शिकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्व उपसभामुखका छोरादेखि नेपाल प्रहरीका पूर्व डिआईजीसम्म छन् । कोसी पलार क्षेत्रमा जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गंगाप्रसाद यादवको छोरा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का ३७ वर्षिय अकाश यादव र नेपाल प्रहरीका पूर्व डिआईजी सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ६१ वर्षिय ज्ञानविक्रम शाह रंगेहात पक्राउ परेका हुन् ।

त्यस्तै, सोही शिकारीको क्रममा नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने समेत पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–३ का ४४ वर्षिय न्यौपाने हाल मधेश प्रदेशको बर्दीबासमा कार्यरत छन् ।

त्यस्तै, अन्य शिकारीहरुमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का ५१ वर्षिय जनार्दन राउत, सोही नगरपालिका–५ का २३ वर्षीय ओमशंकर प्रसैला, १ का ५० वर्षीय लक्ष्मण मण्डल र वडा नम्वर ३ पोर्ताहाका ५१ वर्षीय शंकरप्रसाद यादव, तिरहुत गाउँपालिका–२ का २१ वर्षीय लक्ष्मण मण्डल, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३३ वर्षीय प्रदिप लिम्बु रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट पोइन्ट २२ क्यालिबर राइफल एक, सो राइफलमा लाग्ने १५ राउण्ड गोली, २ थान म्यागजिन, वाइनाकुलर ३ थान, ट्राइपोर्ट, हथौडा र खुर्पा एक–एक थान तथा शिकार गरिएको एउटा बँदेल, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो र को २ त ६९ नम्बरको ट्रयाक्टर बरामद गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता, स्थानीय स्रोतका अनुसार पूर्व डिआईजीको साथबाट अवैद्य हतियारसमेत बरामद भएको र उनको छुट्टै कार तथा त्यसमा रहेका अरु हतियारहरु प्रहरीले बरामद गर्न सकेन । पूर्व डिआईजीको कार भारदह–पोर्ताहा क्षेत्रमै राखिएको स्रोतको दावी छ ।

कोसी टप्पु क्षेत्र र कोशी नदी क्षेत्रमा पछिल्लो ४/५ वर्षदेखि पूर्व डिआईजी शाहको नेतृत्वमा यी पक्राउ परेका शिकारीहरुले जंगली जनावरको शिकारी गर्दैआएपनि पक्राउ पर्न सकेको थिएन् । कोशी क्षेत्रमा गाँजा तस्करीको अप्रेशनमा खटिएका नेपाल प्रहरीका टोलीले शिकारीहरुलाई पक्राउ गरेको हो ।

यसअघि गत माघ १९ गते एउटा मृग र हतियारसहित राजविराज नगरपालिका–५ का डा. शैलेशकुमार झा पक्राउ परेका थिए । उनी पनि यही शिकारी गिरोहका सदस्य हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780