पत्रकार तामाङलाई लक्षित गरी आपत्तिजनक शब्द प्रयोग गर्ने विरुद्ध कारबाहीको माग

राजविराज, १४ भदौ–प्रेस मञ्च नेपाल सप्तरीले मञ्चका केन्द्रीय सदस्य तथा न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङलाई समाचार लेखेकै निहुँमा आपत्तिजनक शब्द प्रयोग गर्ने विरुद्ध कारबाहीको माग गरेको छ ।

शुक्रबार प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषणकुमार सिंहले विज्ञप्ति जारी गर्दै सप्तरीको रुपनी गाउँपालिका–१ स्थित कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर र रुपनी गाउँपालिकाका निवर्तमान वडा अध्यक्ष पिताम्वर यादवलाई कारबाहीको माग गरेका हुन् ।

‘पत्रकार तामाङले ‘मावि रायपुरमा छात्रवृत्तिमा चलखेल, झुठो विवरण पेश गरी लाखौं निकासा’ शिर्षकमा लेखेको समाचारमा सम्बन्धित पक्षको प्रतिक्रिया समावेश हुँदाहुँदै पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर र निवर्तमान वडा अध्यक्ष यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति प्रेस मंच नेपाल, सप्तरीले घोर निन्दा एवम् भत्र्सना गर्दै दोषीउपर कारवाहीको माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय यहाँका पत्रकारहरुमाथि दुर्व्यवहार, समाचार छापिएका पक्षबाट अपशब्दको प्रयोग जस्ता घटनाक्रम बढ्दो रहेकोले यसलाई तत्काल रोक्न पनि प्रेस मंच नेपाल, सप्तरीले विज्ञप्तिमार्फत जोडदार माग गर्दछ ।’

उक्त विज्ञप्तिमा आगाडी दिनमा यस्ता खालका घटना हुन नदिन राज्यका सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्दै अन्यथा कडा संषर्घमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780