सिरहामा बाबुको हत्या आरोपमा छोरा पक्राउ

राजविराज, ९ असोज-सिरहामा आफ्ना बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । 

६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरेर हत्या गरेको आरोपमा औरही गाउँपालिका–३, खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

गम्भीर घाइते यादवको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार