मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

विराटनगर–कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान अदालतबाट अनुमति लिएपछि उनी विराटनगर महानगरपालिका–२ स्थित डेराबाट पक्राउ परेका हुन् ।

नक्कली परिचयपत्र बनाई सङ्गठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता भएका थिए । मन्त्री अधिकारी पनि फिर्ता भएका थिए ।

निवर्तमानमन्त्री अधिकारीलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

मन्त्रीको स्वकीय सचिव बनेर गएका तीन जना पक्राउ परेका छन् । रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई भने अघिल्लो शनिबार समातिएका थिए ।

एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएको थियो । तर एकसातापछि पक्राउ परेका हुन् ।

यसै प्रकरणमा नुवाकोटको विदुर ७ का जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डे पनि पक्राउ परेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133