हमासद्वारा ४ इजरायली महिला सैनिक मुक्त

काठमाडौँ–प्यालेस्टिनी समूह हमासले शनिबार चारजना इजरायली बन्धकहरू मुक्त गरेको छ । शनिबार हमासले चार इसराइली युवतीलाई बन्धकमुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।

बन्धकमुक्त हुनेमा करिना एरिएभ, ड्यानियला जिल्बोआ, नामा लेभी र लिरी अलबाग छन्। लिरी १९ वर्षकी छन्। बाँकी तीनै जना २० वर्षका छन्।

उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएका थिए। रेडक्रसले इसराइली डिफेन्स फोर्स ९आइडिएफ०को जिम्मा लगाएको छ।

आइडिएफले बन्धकमुक्त हुनेहरूको परिवारलाई खबर गरेका थिए। हमासले बन्धक रिहा गरेपछि इसराइलले पनि प्यालेस्टिनीहरूलाई कैदमुक्त गरेको छ।

इसराइल र हमासबीच गत आइतबार युद्धविराम भएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस