जनकपुर–मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई निलम्बनमा परेका छन् ।
मंगलबार बसेको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. बैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई निलम्बन गर्ने निर्णय भएको हो ।
सभाको बहुमतले महतो र यादवलाई निलम्बन गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् ।
प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिको सुझावअनुसार निलम्बन गरिएको मन्त्री शर्माको भनाइ छ ।
गत असोज ७ मा बुझाइएको प्रतिवेदनले उनीहरू अनाधिकृत गतिविधिमा संलग्न देखाएकाले दुवैलाई निलम्बन गरिएको मन्त्रीले बताइन् ।
जनता समाजवादी पार्टी नेपाल नेतृत्वको तत्कालिन सरकारले ०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेको थियो । त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए ।