विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख ३९ हजार नाघ्यो

जनकपुरधाम । विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३९ हजार ४०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस