राजविराज, २ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हाल संसदमा पुनः पेस गरिएको भूमि सम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रवार उनले विधेयकप्रति आपत्ति जनाएका हुन् । भूमि सम्बन्धी विधेयकमा वन तथा भूमाफियाको स्वार्थका प्रावधानहरू यथावत् राखिएको भन्दै सरकारको उनले आलोचना गरेका छन् ।
जसपा नेपालका अध्यक्ष यादवले प्रतिक्रिया जनाउँदै अध्यक्ष यादवले लेखेका छन् ‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं ।’
यसअघि ल्याइएको अध्यादेश पनि जसपाको दबाबपछि सरकारले फिर्ता लिन बाध्य भएको थियो । यसपटक पनि सरकार जिम्मेवार नभए सशक्त प्रतिकार गरिने चेतावनी जसपा नेपालका अध्यक्ष यादवले दिएको छ ।