सप्तकोशीमा अभ्यासको क्रममा सशस्त्र प्रहरीका दुई जवान बेपत्ता, अर्काे शव भेट्टियाे

राजविराज, २२ जेठ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ स्थित सप्तकोशी नदीमा उद्धार अभ्यासको क्रममा विहीबार दिउँसो दुई जना सशस्त्र प्रहरीका गोताखोर जवान डुबेर बेपत्ता भएका छन् ।

विपद्को दिउँसो करिब ३ बजेको समयमा कोशी ब्यारेजको ढोका नम्बर ५५/५६ वरिपरी पानीमा पसेका थिए । मधेश प्रदेश सशस्त्र प्रहरी बलबाट पठाइएको उद्धार टोलीले बाढी–पहिरोमा फँसेका सर्वसाधारणको उद्धारका लागि अभ्यास गरिरहेको बेला सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी अभ्यासको क्रममा नदीमा बेपत्ता भएका छन् । घटना घटेपछि प्रमुख जिल्ला अधिकारी दाहाल स्वयं सुरक्षा अधिकारीहरूको टोली  घटनास्थलमा पुगेका छन् ।

बर्षायाम सुरु भएसँगै बाढी तथा डुबानको जोखिम बढ्न थालेकोले सशस्त्र प्रहरी बलले सुरक्षात्मक तयारीस्वरूप गोताखोरसहितको उद्धार अभ्यास गरिरहेको थियो । यही अभ्यासको क्रममा अप्रत्याशित ढंगले दुई जवान सप्तकोशी नदीमा बेपत्ता भएका छन् । वेपत्ता भएको दुई घण्टाभन्दा बढी भइसक्दा पनि सम्पर्कमा आउन सकेको छैन ।

सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षाकर्मीहरू संयुक्त रूपमा बेपत्ता जवानहरूको खोजी तथा उद्धार कार्यमा खटिएका छन् । नदीको बहाव तीव्र भएकाले खोजी कार्यमा चुनौती रहेको जनाइएको छ । उनीहरुसँग अक्सिजन रहेकोले सुरक्षित रहेको हुनसक्ने आंकलन गरिएको छ ।
वेपत्ता जवानलाई खोज्ने क्रममा अर्को एक ब्यक्तिको शव भेटिएको छ । यद्धपी उक्त शवकाे सनाखत  भने  हुन  सकेको छैन । File pic : Koshi Barage

Author:



क्याटोगरी छान्‍नुहोस