विष्णुपुर गाउँपालिकामा सातदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

राजविराज, १७ असार । सञ्चारकर्मी उत्पादन एवम् स्थानीय विषयवस्तुलाई सञ्चारमाध्यममा पहुँच अभिवृद्धि गराउने उद्देश्यका साथ सप्तरीको विष्णुपुर गाउँपालिकामा सातदिने आधारभुत पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ ।

विष्णुपुर गाउँपालिकाको सहयोगमा अभिव्यक्ति मिडिया प्रा.लि.राजविराजद्वारा तालिम आयोजना गरिएको हो । पालिका अन्तर्गतका सात ओटै वडाका २० जनाको सहभागिता रहेको थियो । पालिकाको सभा हलमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष उमेश प्रसाद यादवले सबै वडामा विकास, निर्माण, कृषि, शिक्षा, यातायात, स्वास्थ्य, विद्युत, खानेपानी, सिंचाई, सीप विकास, रोजगारका साथै ग्यास चुल्हो, सिलाई मेसिन वितरण लगायतका कार्यहरु प्राथमिकताका साथ अगाडि बढाइएको बताए । तीनवर्ष अघिको पालिका र अहिलेको पालिकामा आएको परिवर्तनबारे तुलना गर्न आग्रह गर्दै उनले भने ‘पहिले र अहिलेमा तुलनात्मक भिन्नताको विषयमा जनताले मूल्याङ्कन गरिरहेका छन्, पालिका, वडा भवनहरु, विद्यालय भवनहरुको निर्माण तीब्र रुपमा अगाडि बढेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले पत्रकारिता गर्दा आचारसंहितालाई अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिए । पत्रकार समेत मर्यादामा बस्नुपर्ने बताउँदै उनले भने ‘कानुनमाथि कोही छैन, पत्रकारले समेत कानुनको पालना गर्नुपर्छ ।’ अझैं पनि काम गर्ने पत्रकारका लागि पर्याप्त सम्भावना रहेको भन्दै उनले काम गर्ने नयाँ पत्रकारहरुको प्रवद्र्धन गर्न हामी प्रतिवद्ध छौं ।

आमसञ्चार प्राधिकरणका संस्थापक अध्यक्ष एवम् अभिव्यक्ति मिडिया प्रा.लि.का अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित तालिम समापनका अवसरमा वडा अध्यक्षहरु बलराम यादव, जिबछ मण्डल, लोचन साह, प्रमुख प्रशिक्षक विनय कुमार लाल कर्ण लगायतले पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा आफुहरु प्रतिवद्ध रहेको बताए । सहभागीहरुमध्ये दिपा यादव, आरके यादवले तालिममा सिकेका अनुभव प्रस्तुत गरे ।

कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाणपत्र वितरण गरेका छन् । सञ्चालन कार्यक्रम संयोजक दिपक कुमार यादवले गरे । तालिममा विष्णुपुर गाउँपालिकाका ७ वटै वडाका गरि २० जनाको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस