सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जमुवा टोलमा सोमबार बिहान भएको बस र माइक्रोबस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा काकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र प्र २९०१९००१ ज ००४७ नम्बरको माइक्रो विङ्गर एक आपसमा ठोक्किएकाे हाे। सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने दुर्घटनामा १५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। pic. Nabin Nirbhay Yadav