रौतहटमा सुटकेशभित्र भेटियाे महिलाको शव

राैतहट, ८ भदौ । रौतहटको गौर नगरपालिका–९ अन्तर्गत गौर–सिर्सिया सडकखण्डमा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ। शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको अवस्थामा शव भेटिएको हो।

प्राप्त विवरणअनुसार मृतक ३५ वर्षीया रुबीकुमारी साह रहेको खुलेको छ। उहाँको स्थायी घर रौतहटको माधवनारायण–६ भए पनि भारतको मुजफ्फरपुरमा विवाह भएको थियो। हाल रुबी बच्चा पढाउन गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। दुई दिनदेखि हराइरहेकी उनीबारे खोजीका लागि आमाले प्रहरीमा उजुरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रुबीको शव सुटकेशभित्र घुँडा मोडिएको अवस्थामा प्याक गरी फालिएको थियो। उनको नाकबाट रगत बगेको देखिए पनि शरीरमा बाह्य चोटपटक भने भेटिएको छैन। प्रारम्भिक अनुसन्धानले यसलाई हत्या भएको आशंका गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राजु कार्कीले जानकारी दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस