कृषिलाई व्यवसायीकरण गर्न वितिय संस्थासँग समन्वय आवश्यक : वक्ताहरु

राजविराज । किसानलाई खेतीमा प्रोत्साहन गर्न र कृषिलाई व्यवसायीकरण गर्न स्थानीय स्तरमै रहेका सहकारी तथा लघुवित्त संस्थासँग समन्वय आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

शुक्रबार आयोजित खाद्य तथा पोषण सुधार सुरक्षा आयोजना कलष्टर ईकाइ राजविराजले राजगढ गाउँपालिकाको वित्तीय संस्थाहरूसँ समन्वयात्मक अन्तकृया गोष्ठी कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

उत्पादनदेखि बजारीकरणसम्मको उद्देश्यले जिल्लाको विष्णुपुर र राजगढ गाउँपालिका संचालित आयोजनाको कुषि तथा पशुपन्छी व्यवसायमा कृषकहरूलाई व्यवसायीक तवरले उत्पादनमा सहयोग गर्न सकिने उनीहरुको भनाई छ । उनीहरूको कृषि उपार्जनमा लाग्ने लागतमा सहुलियत दरमा ऋण उपलब्ध गराउनको लागि आयोजना र वित्तीय संस्था बीच समन्वय गरेर अघि बढ्नसकिने बताए ।

गर्न चाहे पनि लगानी गर्न नसक्ने कृषकलाई आयोजनाले दिने अनुदान बाहेकको आर्थिक सक्षमताको लागि त्यस्ता किसानलाई वित्तीय संस्थासँगको पहुँच बढाउने वक्ताहरुको कथन छ । कृषि वाली र पशुपन्छीतर्फ विमा गराउन किसानलाई सचेत गराउने तथा कम जोखिम बहन गरेर गर्न सक्ने उत्पादनलाई प्रोत्साहन गर्ने लगायतका विभिन्न पक्षलाई समेटेर गोष्ठीमा प्रशिक्षण तथा छलफल गरिएको आयोजनाका कृषि विकास अधिकृत विजय मंडलले जानकारी गराए ।

उनका अनुसार खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना नेपाल सरकारको पहिला पहिला संचालन हुने गरेको अनुदानको कार्यक्रमहरू भन्दा फरक, कार्यन्वनात्मक कार्यक्रम रहेको र यसले तीन क्षेत्रमा रही काम गर्दै आएका छन ।

सन २०१८ देखि ०२२ सम्म चल्ने ५ बर्षे कार्यक्रम सप्तरी र सिरहामा गत वर्षको असारदेखि संचालन गरिएको जनाएको छ । कोरोनाले प्रभावित कार्यक्रमको एक वर्षमा दुईवटै जिल्लामा कृषक तथा आमा र वालवालिका किशोरीहरूको ४ सय बढी समुह बनाएर काम थालिने छ ।

प्रत्येक समुहमा २०–२५ जना र ६५ प्रतिशत महिलालाई समावेश गरिनेछ । जसमा कृषि, पशुपालन र पोषणको पाटोमा काम गरिने अधिकृत मंडलले बताए । आयोजनाका पशु विकास अधिकृत विनय बिक्रम रत्न, सेवा प्रदायक संस्था राष्ट्रिय जनकल्याण परिषदका प्रतिनिधि रमेश दास र राजगढ गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला मंडलको उपस्थितिमा सम्पन्न गोष्ठीमा गाउँपालिकाका दर्जन बढी सहकारी र वित्तीय संस्थाका सञ्चालक प्रतिनिधिहरूले कृषि क्षेत्रमा ऋण लगानीका चुनौती र समाधानका उपायहरू बारे आफ्ना धारणा राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस