गोबिन्दा–सुनिता डिभोर्सबारे मिडियामाथि नै आक्रोश (हेर्नुहोस् भिडियो)

जनकपुरधाम, १३ भदौ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको डिभोर्सबारे सञ्चारमाध्यमहरुमा समाचार आइरहँदा सुनिताले मिडियामाथि आक्रोश व्यक्त गरेकी छिन् ।

मुम्बइ स्थित निवासमा गणेश चतुर्थीको अवसरमा आयोजना गरिएको गणेश पूजन कार्यक्रममा गोबिन्दाका साथ देखिएकी पत्नी सुनिताले सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई उक्त विषयमा प्रतिक्रिया दिँदै आक्रोश व्यक्त गरेकी हुन् । मुम्बईको फ्यामिली कोर्टमा डिभार्सको मुद्दा चलिरहेको भन्दै उनीहरूको सम्बन्धमा मनमुटाव भएको भनी सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो ।

गोबिन्दाकी पत्नी सुनिता आहुजा नेपालकी छोरी हुन् । डिभोर्सको विषयमा नेपालका सञ्चारमाध्यमहरुले समेत चासोका साथ समाचारको विषय बनाउँदैआएका छन् । गोविन्दाका म्यानेजर शशि सिन्हाले सम्बन्ध विच्छेद सम्बन्धी समाचारलाई अफवाह भन्दै खण्डन गर्दैआएका थिए ।

गोविन्दा र सुनिताको सम्बन्ध विच्छेदको हल्ला पहिलो पटक फेब्रुअरी २०२५ मा आएको थियो । फरक जीवनशैलीका कारण दुवैले अलग हुने निर्णय गरेको भनी भारतीय सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो । एक ३० वर्षीया अभिनेत्रीसँग नजिकिँदै गएको भनी दाबी गरिएको थियो ।

गणेश चतुर्थीका अवसरमा गोबिन्दा र सुनिता दुवै सँगै मिडिया सामु आएका छन् । मिडियाकर्मीहरुले पछ्याउँदै जाँदा सुनिताले सम्बन्ध विच्छेदका विषयमा मिडियामा आएका समाचारहरुबारे आक्रोश पोख्दै भनिन्–

आज आप लोग है, मिडियाके मुँहमे थप्पड नही पडी है क्या, हमको साथमे देखके ? हाँ, ईतना क्लोज क्लोज, अगर कुछ होता तो हम ईतने नजदिक होते ? हमारी दुरियाँ होती । कोइ हम दोनोको अलग नही कर सकता है । चाहे उपर से कोइ भी आ जाये, चाहे शैताननी आ जाय, कोइ नही अलग कर सकता है । वो पिक्चर था न, मेरा पति सिर्फ मेरा है । मेरा गोबिन्दा सिर्फ मेरा ही है, किसीका नही है । जबतक हम मुह ना खोले प्लीज, कोइ भी चीज पे आप लोग ना बोलिये ।

भारतको एक प्रमुख समाचार एजेन्सी एनआइले सार्वजनिक गरेको भिडियोमा गोबिन्दाकी पत्नी सुनिताले मिडियाकर्मीहरुलाई आफूहरुको सम्बन्ध विच्छेदबारे कडा प्रतिक्रिया दिएकी छिन् । भारतीय चलचित्र क्षेत्रका प्रख्यात अभिनेता हुन् गोबिन्दा । १९८०–९० को दशकमा उनी बलिउडमा अत्यधिक चर्चामा रहे । खासगरी हास्य र पारिवारिक विषयमा निर्माण भएका करिब १५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका छन् ।

कुली नम्बर १, अनारी नम्बर १, हीरो नम्बर १, बेटी नम्बर १, जोडी नम्बर १, अन्टी नम्बर १, साजन चले ससुराल, दुल्हे राजा, अन्दाजÞ अपना अपना, नसिब, राजा बाबू, जोरुका गुलाम, स्वर्ग, शोला और शबनम, बनारसी बाबु, आँखे, गोलमाल, जस्ता हिट फिल्महरू प्रमुख छन् । अभिनय शैली सरल, मनमोहक र हास्यप्रधान रहेकोले दर्शकले उनलाई अत्यधिक रुचाएका छन् ।

हिन्दी चलचित्रको इतिहासमा हास्य अभिनेताको रूपमा अमिट योगदान दिएका छन् उनले । हिन्दी सिनेमामा गोबिन्दा र करिश्मा कपूरको जोडी सर्वाधिक चर्चित रहेको थियो । यस अतिरिक्त कादर खान, शक्ति कपूर, परेश रावल, जॉनी लीवरसँग अभिनय गरिएको हास्य फिल्महरु अझै दर्शकमाझ लोकप्रिय छन् ।

(हेर्नुहोस् भिडियो)

Author:



क्याटोगरी छान्‍नुहोस