विभेदविरुद्ध एकिकृत भएर अघि बढ्नुपर्ने चमार कल्याण समाज संघको जोड

रामएकवाल राम
दोहा (कतार), २४ असोज । कतारको दोहास्थित चमार कल्याण समाज संघले नेपालमा दलित समुदायहरुमाथि भइरहेको हत्या, हिसां र विभेदको विषयलाई लिएर अन्तरक्रियाको आयोजना गरेको छ ।

शुक्रवार कतारको एसियन टाउन ग्राण्ड मल्लमा संघ आवद्ध प्रवास कमिटी कतारले पछाडि पारिएका चमार एवम् समग्र दलित समुदायहरुको अधिकार स्थापनासहितका विषयमा छलफल भएको संघका अध्यक्ष पाण्डव महराले जानकारी दिए ।

अध्यक्ष महराका अनुसार नेपालमा रौतहटका विजय राम र निरन्जन रामको परिवारलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । राहतकै लागि हालसम्म ११ सय ३ कतारी रियाल संकलन भएको र संकलन कार्य जारी रहेको जनाएको छ ।

आगामी अक्टुबर १६ का दिन संकलन भएको रकम संघ तर्फबाट सहयोग गरिने अध्यक्ष महराले बताए । संघका सल्लाहकार कृति महराले समाजिक, आर्थिक र राजनितिक रुपमा आफुहरुलाई विभेदमा पारिएकोले एकिकृत भएर विभेदविरुद्ध अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मञ्चका लक्ष्मी राम जगरनाथ राम, श्रीनारायण राम, देवेन्द्र राम लगायत २१ जनाभन्दा बढिको उपस्थिती रहेको संघका संयोजक रामएकवाल रामले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस