मिर्चैया, १७ भदौ । जनता समाजवादी पार्टी(जसपा) नेपालका शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रादेशिक अधिवेशन मगंलबारबाट शुरु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा सो अधिवेशन शुरु भएको हो । आठ जिल्लामा रहेको प्रेस मञ्चको जिल्ला समिति रहेको छ ।
आजदेखि शुरु भएको मधेश प्रदेश समितिको सो अधिवेशन दुई दिनसम्म चल्ने अध्यक्ष अभरेन्द्र यादवले बताएका छन् ।
अध्यक्ष यादवले हामी पटक पटक विभिन्न टुट फुटका सिकारका बाबजुद पनि हामी एकजुट भएको सन्देश यो अधिवेशनले दिने जनाएको छ । उनले अबको समय हामी सशक्त भएर अघि बढ्ने रहेको बताए ।
सो अधिवेशनले नयाँ कार्य समितिको चयन गर्नेछ । सो समितिमा भाग लिन मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधिहरु सहभागी भएको उपाध्यक्ष राम हृदय यादवले जनाएका छन् ।