प्रधानमन्त्री कार्कीको शैलीः उपराष्ट्रपति यादवप्रति सम्मान कि अपमान ? (भिडियो)

काठमाण्डौ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको शैलीप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् ।

सपथग्रहण कार्यक्रममा देखिएको दृश्यको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै गएको हो । कान्तिपुर टेलिभिजनको उक्त भिडियो क्लिपले चर्को बहससँगै प्रधानमन्त्री कार्कीको शैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रोटोकलअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई क्रमशः सम्मानजनक आसन प्रदान गरिन्छ । तर, उक्त समारोहमा उपराष्ट्रपति रामसहाय यादवलाई मर्यादाको ख्यालै नगरी गरिएको व्यवहारलाई अपमानजनक भन्दै तीब्र आलोचना भएको छ ।

दृश्यमा स्पष्ट देखिन्छ– उपराष्ट्रपति यादव आसन ग्रहण गर्दा प्रधानमन्त्री सुशीला कार्की नउठिकनै शारीरिक हाउभाउ गर्दै बसिरहेकी थिइन् । उपस्थित पत्रकारहरू समेत असहज हुँदै “के हो यो आम्मा मा… यो त अति भो” भन्दै आपत्ति जनाएको आवाज भिडियोमा प्रष्ट सुनिन्छ । तर, राष्ट्रपति रामचन्द्र पौडेल मञ्चमा प्रवेश गर्दा भने कार्की उभिएर सम्मान प्रकट गरेको देखिन्छ।

समारोहको यो दृश्यलाई मधेश र मधेशी समुदायलाई हेर्ने नश्लीय मानसिकताको प्रतिफल भन्दै मधेशका राजनीतिक दलका नेता, नागरिक समाज र आम सर्वसाधारणले चर्को आलोचना गरेका छन् ।

हाम्रो देश हिमाल, पहाड र तराई–मधेश सबैको साझा भएको भन्दै सिङ्गो राष्ट्रको भावना र सम्मानमा चोट पुर्याउने यस्ता अपमानजनक क्रियाकलाप तत्काल सच्याउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आग्रह गरेका छन् । Video: Kantipur

Author:



क्याटोगरी छान्‍नुहोस